धरान, १४ फागुन । मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतको युके एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो ।
मनाङको जितमा विमल राना र दयानन्द सिंहले एक एक गोल गरे । मनाङले फाइनलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।