काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिकामा व्यक्तिले हडपेको सरकारी जग्गा सरकारको मातहत ल्याइएको छ । महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको १७ रोपनी जग्गा सरकारले आफ्नो माताहत ल्याएको हो ।
उक्त जग्गामा आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाड्नुभयो । सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिदै मन्त्री अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभयो ।
मन्त्री अर्यालले अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्नुभयो ।
मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखेको हो ।