देशभक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता गर्ने छैन : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

देशभक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता गर्ने छैन : सभामुख सापकोटा

agani sapkota1

काठमाडौं, १९ माघ । सभामुख अग्निप्रसाद सापकोटाले देशभक्ति र सदाचारमा सम्झौता नगर्ने बताउनुभएको छ । आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभामुख सापकोटाले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण कुरा नै देश भक्ति र सदाचार रहेकाले आफुले त्यसमा कहिल्यैपनि सम्झौता गर्न नसक्ने बताउनु भएको हो ।

सभामुख सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण व्यवस्थापिका संसदको महत्वपूर्ण कार्य भएकाले त्यस तर्फ आफ्नो ध्यान केन्द्रीत भएको उल्लेख गर्नुभयो ।

यस अघि समितिको सदस्य रहनु भएका सापकोटालाई बधाइ तथा शुभकामना दिन बैठकमा बोलाइएको हो । बैठकमा सांसद माधवकुमार नेपाले आन्दोलनका अनेक जटिलताहरुलाई पार गर्दै आउनुभएका ब्यक्ति सभामुख बनेको भन्दै शुभकामना दिनुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले जनताको सेवा गर्नुपर्छ भन्ने भावना भएको व्यक्ति सभामुख चयन हुनुभएकोमा संसदको गरिमालाई कायम राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सांसद भिम रावलले लोकतान्त्रीक मान्यता र उपलब्धीलाई रक्षा गर्ने र देशलाई समृद्ध बनाउने पक्षमा सभामुखको भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

सापकोटा यही माघ १२ गते सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);