स्वास्थ्य चौकीमा औषधीको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

स्वास्थ्य चौकीमा औषधीको चरम अभाव

aushadi abhav

महोत्तरी, १४ माघ । स्थानिय तहको मतहतमा आएका स्वास्थ्य चौकीको ब्यवस्थापनमा स्थानिय सरकार चुक्दा अधिकांस स्वास्थ्य संस्थाको अवस्था नाजुक बनिरहेका छन् । यस्तै लथालिङ अवस्थाबाट गुज्रिरहेको छ महोत्तरीको बलवा स्वास्थ्य चौकी । बलवा नगरपालिका मातहतमा रहेको स्वास्थ्य चौकीमा अहिले औषधीको चरम अभाव छ भने संचालनमा रहेको बर्थीङ सेन्टरमा पनि उपकरणको अभाव छ ।

महोत्तरीको बलवा नगरपालीकाको मातहतमा रहेको बलवा स्वास्थ्य चौकीको अवस्था स्थानिय तहको लापरवाहीका कारण दयनिय बन्दै गएको छ । स्थानियका लगी उपचारको एउटै बिकल्पका रुपमा रहेको बलवा स्वास्थ्य चौकीमा औषधीको चरम अभाव छ भने स्वास्थ्य चौकीमा नै संचालित बर्थीङ्ग सेन्टरका उपकरण काम लाग्ने अबस्थामा छैनन् । त्यति मात्र होईन स्वास्थ्यकर्मी समयमा उपस्थित नहुने परिपाटी समेत रहेको छ ।

बलवा स्वास्थ्य चौकीमा संचालित बर्थीङ्ग सेन्टरमा महिनाको करीब २५ देखि ३० जनासम्म प्रसुती गराउन आउनेहरुका लागी , प्रशुती गराउन आबस्यक पर्ने औषधी तथा अन्य सामग्रीहरु सुत्केरी गराउन आउनेले किनेर ल्याउनु पर्ने बध्यता छ भने यातायात खर्च समेत पाएका छैनन् ।

स्थानियहरु स्वास्थ्य संस्थामा पुगेर फर्किनु पर्ने बाध्यता रहेको छ । अस्पतालमा औषधी नहुने भएपछी स्थानिय निजि क्लनिकमा जाने गरेको र भएका औषधीको समेत कोर्ष पुरा गराउन नसकेको स्वास्थ्य चौकीको भनाई छ ।

बलवा स्वास्थ्य चौकीमा मात्र होईन महोत्तरीका अधिकांस स्वास्थ्य चौकी औषधी तथा भौतिक पुर्वधारको अभावमा गुज्रिरहेका छन् । स्थानिय सरकारको उदासिनता र लापरवाहीले महोत्तरीका अधिकाँस स्थानिय तह चालु आर्थिक बर्षको ७ महिनासम्ममा पनी स्वास्थय चौकीहरुमा उपल्बध गराउँनु पर्ने औषधिहरु उपलब्ध भएको छैन ।

नेपाल सरकारले स्वास्थ्य चौकीहरुमा ३५ प्रकारको औषधिहरु निशुल्क वितरण गर्नका लागि स्थानिय निकायको स्वास्थय शाखामा बजेट पठाए पनि अहिलेसम्म औषधि खरिद भएको छैन । कराडौ बजेट स्वास्थय शाखामा भएपनि स्थानियहरुले पाउनु पर्ने सेवा पाएका छैनन् । यता स्थानिय तह प्रकृयाको कुराले ढिलाई गरिरहेका छन् ।

सरकारले सर्वसुलभ स्वास्थ्य सेवाकालागि प्रत्येक बर्ष कडोरौको रकम छुटयाए पनी महोत्तरीमा राजनितिक खिचातानीका कारण जनताले पाउनु पर्ने सेवाबाट बन्चीत भएको देखिन्छ । यसलाई रोक्न स्थानियदेखि संघीय सरकारसम्म लाग्न आवस्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);