राजपा कार्यकर्ताले कौडेना गाउँपालिका १ को वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका मनोज साहलाई आक्रमण गरी घाईते बनाएका छन् । साहमाथि बिहीबार राति आक्रमण भएको हो ।
घरदैलो कार्यक्रम सकेर फर्कदैँ गर्दा रजपा कार्यकर्ताले साहमाथि लक्ष्मीपुरमा आक्रमण गरेका थिए । आक्रमणमा घाईते भएका साहको जिल्ला अस्पताल मंगलवामा उपचार भईरहेको छ । उनको अनुहार र निधारमा चाटे लागेको आफन्तले जनाएका छन् ।
आक्रमणमा संलग्न भएको आरोपमा सोही ठाउँका रामविनय साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । आक्रमणमा संलग्न अरू फरार रहेकाले खोजी भैरहेको उनले बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।