सुनसरी, २५ पुस । विभागीय टिम नेपाल पुलिस क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुनसरीको इनरुवामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश–२ लाई ४६ रनले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो । इनरुवा रंगशालामा पुलिसले प्रदेश–२ लाई १ सय ८४ रनको चुनौती दिएको दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको प्रदेश–दुई ४२ ओभर २ बलमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभर १ बलमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै पुलिस समूह ’बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।