एजेन्सी , २२ पुस । इरानमा अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका सैन्य कमाण्डर कासेम सुलेमानीको अन्तिम संस्कारमा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ ।
शवयात्रामा सहभागि हजारौ इरानीहरुले सुलेमानीको हत्याको बदला लिनु पर्ने नारा लगाएका थिए । इरानमा सर्वाेच्च नेता आयोतोल्लाह खामेनीपछि दोस्रो शक्तिशाली इरानीको रुपमा रहेका सुलेमानी इराकमा अमेरिकी सेनाको आक्रमणमा इराकमा मारिएपछि विश्वको ध्यान नै यसतर्फ मोडिएको छ ।