काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिनु भएको हो ।
ओलीले एक ट्विट गर्दै अंग्रेजी नयाँ वर्ष २०२०को अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गर्नुभएको छ । कुराकानीमा सन् २०१९ दुई देशबीचको सम्बन्धलाई नयाँ आयाममा पुर्याउन सफल भएको र बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुु्याउन सन् २०२० सफल रहने विश्वास व्यक्त गरेको प्रधानमन्त्री ओलीले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
भारतले नेपाली भूमि लिम्पियाधुरा क्षेत्र समेटेर हालै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले असन्तुष्टि जनाउँदै आएको छ । कूटनीतिक माध्यमबाट यसको समाधान खोजिने सरकारले बताए पनि अहिलेसम्म ठोस ढंगले प्रक्रिया अघि बढ्न सकेको छैन ।
यस बारेमा कुराकानी भए नभएको भने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छैन ।