अमेरिकी सेनाद्वारा लडाकुको शिविरमा आक्रमण, २५ को मृत्यु, ५० घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

अमेरिकी सेनाद्वारा लडाकुको शिविरमा आक्रमण, २५ को मृत्यु, ५० घाइते

एजेन्सी, १४ पुस । अमेरिकी सेनाले इराकस्थित इरान समर्थित लडाकुको शिविरमा गरेको आक्रमणमा परी २५ जनाको मृत्यु भएको छ ।

इराकी सुरक्षा अधिकारीका अनुसार आक्रमणमा विद्रोहि संगठन कताइब हेज्बोल्लाह समूहका कम्तीमा २५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

उक्त समूहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इराकको किर्कुकमा रकेट आक्रमणबाट एकजना अमेरिकी ठेकेदारको मृत्यु भएपछि अमेरिकी सेनाले इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरेको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी नागरिकको ज्यान खतरामा परे अमेरिकाले प्रतिकार गर्ने चेतवानी दिए लगत्तै उक्त आक्रमण भएको हो । अमेरिकी रक्षामन्त्री मार्क एस्परले लडाकु विमानहरूले कताइब हेज्बोल्लाह समूहसँग सम्बन्धित पाँचवटा स्थानमा आक्रमण गरेको पुष्टि गरेका छन् ।

तीमध्ये तीनवटा स्थान पश्चिम इराक र दुईवटा पूर्वी सिरियामा थिए । इरानको समर्थन रहेको शिया मुस्लिमहरूको लडाकू समूह कताइब हिज्बुल्लाह सन् २००७ मा गठन भएको हो । अमेरिकाले उक्त समूहलाई आतंकारीको सूचिमा राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);