आँधीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्याे | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

आँधीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्याे

Death toll from Philippines typhoon

एजेन्सी, १४ पुस । फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेका जनाइएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले आँधीका कारण अझै पनि १२ जना हराईरहेको र उनीहरुको खोजी भइरहेको बताएको छ । प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आँधी आएको थियो ।

आँधीपछि फिलिपिन्समा विद्युत सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो । कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीहरुले जनाएका छन् । त्यसैगरी सडक र विमानस्थलहरुमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्द गरिएको थियो । फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौंको मृत्यु हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);