दाङमा रहेको शताब्दी पुरानो ५५ झ्याले दरबार संरक्षणको पर्खाइमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

दाङमा रहेको शताब्दी पुरानो ५५ झ्याले दरबार संरक्षणको पर्खाइमा

विकास डाँगी
दाङ, २५ मंसिर । सिंहदरबारकै झल्को दिने दाङमा रहेको शताब्दी पुरानो ५५ झ्याले दरबार संरक्षणको पर्खाइमा छ । दाङकोे गढवा गाँउपालिका ३ गोबरडिहामा रहेको ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको ५५ झ्याले दरबारको जिर्ण बन्दै गएपछि संरक्षणको पर्खाइमा रहेको हो ।

दाङकोे गढवा गाउँपालिका ३ गोबरडिहामा रहेको ५५ झ्याले दरबार संरक्षणको पर्खाइमा रहेको छ । वि.सं १९१८ मा भारतबाट कालीगढ ल्याएर बनाइएको उक्त दरबार स्थानीय सरकारको बेवास्ताका कारण जिर्ण बन्दै गएको छ ।

स्थानीय जोखनप्रसाद चौधरीले बनाएको यस भवनमा विभिन्न ऐतिहासिक कलाकृतिहरु छन् । शताब्दी पुरानो भवनले ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको भएपनि स्थानीय सरकारले यसको प्रचार तथा संरक्षणका लागि कुनै पहल नगरेको चौधरी परिवारको गुनासो छ ।

भवनमा ५५ झ्याल र चौखण्डमा सिंहको आकृति बनाउँदा सिंहदबारको नक्कल गरेको भन्दै तत्कालीन राणाहरुले जोखन प्रसाद माथि सार्वजनिक मुद्दा समेत चलाएका थिए ।

अहिले उक्त भवन भएको जग्गा ब्यक्तिहरुको नाममा छ । यता स्थानीय सरकारले भवनको संरक्षणका लागि गत बर्ष २५ लाख रकम दिए पनि चौधरी परिवारले नलगेको गढवा गाउँपालिकाको भनाई छ ।

नेपाल सरकार अन्तरगर्तको पुरातत्व विभागले सय वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ । तर पुरातत्व विभागले उक्त भवनको एक पटक निरीक्षण गर्नु बाहेक संरक्षणका लागि केही नगरेको चौधरी परिवारको भनार्ई छ ।

प्रदेश सरकारले भवन संरक्षणका लागि केही बजेट दिएको थियो । तर विभिन्न कारणले काम गर्न नसकेको निर्माणकर्ता परिवारका सदस्यको भनाई छ ।

भवनका बाहिरी भाग मात्र होईन कोठाहरुमा समेत झार पलाउन थालेको छ, भने धमिरोले काठ खान थालेको छ । अहिले चौधरी परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरको रेखदेख गर्दै आई रहेको छ ।

यस ठाउँमा केही घटना घटे अथवा कुनै मुद्दा या विवाद भए यही भवनमा ल्याएर मेलमिलाप गर्ने चलन रहेको छ । दरबारकोबीच भाग खुला छाडिएको छ, भने अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);