प्रतिक्षा शर्मा
काठमाडौं, २२ मंसिर । नेपालको संबिधानले नागरिकको मौलिकहक अधिकारलाई निकै प्राथमिकतामा राखेको छ । संबिधानको पानामा हरेक नागरिकको मौलिक अधिकार सुरक्षित हुने लेखिएपनि व्यवहारमा भने खासै कार्यान्वयन नभएको मानवअधिकारकर्मीहरुको भनाइ छ ।
७१औं अन्तर्राष्ट्रिय मानव अघिकार दिवस तथा ११ आंै मानव अधिकार राष्ट्रिय भेलामा बिभिन्न जिल्लाहरुबाट आएका मानव अघिकारकर्मीहरुले पछिल्लो समयमा दण्डहिनताले प्रसय पाइरहेको टिप्पणी गरेका छन् । बढ्दो हत्या, हिंसा, बलात्कारका घटनाहरुले मानव अधिकार संरक्षणमा चुनौती दिइरहेको उनीहरुको भनाइ छ ।
संबिधानले महिला अधिकारलाई प्राथमिकता दिएको भएपनि महिलाहरु हिंसाको शिकार भइ नै रहेका छन् भने बालबालिका अपहरण र हत्या हिंसापनि कमि आएको छैन ।
पछिल्लो समय मानव अधिकार रक्षाको बिषयमा सरकारको उपस्थिति नभएको जस्तै भएको अधिकारकर्मी बताउँछन् । अपराधिलाई दण्डसजायको साटो राजनीतिक प्रशय दिएकाले पछिल्लो समय मानव अधिकार धेरै नै हनन् भएको अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल विकासको गतिमा जति अघिबढीरहेको छ, त्यति नै मानव अधिकार उल्लंघनका घटनाहरु पनि बढेको धेरैले अनुभव गरिरहेका छन् । देशमा स्थाइ सरकार भएपनि भष्ट्राचार, हिंसा, महिला बालबालिका बेचबिखन लगाएतका थुप्रै घटनाहरु दिनानुदिन बढीरहेको अवस्थामा सरकारले जनतालाई अनुभुति हुने खालको शुसासन कायम गर्न अधिकारकर्मीहरुले जोडदिएका छन् ।