धरान, १५ मंसिर । धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा नेकपा उम्मेदवार प्रकाश राईले अग्रता लिएपनि पछिल्लो मत परिणाम अनुसार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता लिनु भएको छ ।
काँग्रेसका तिलक राईले ६ हजार ७ सय ५६ मत ल्याउदा नेकपाका प्रकाश राईले ६ हजार ४ सय २३ मत प्राप्त गर्नु भएको छ ।