राज्यको नीतिकै कारण आफूहरु मारमा परेको व्यवसायीको गुनासो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

राज्यको नीतिकै कारण आफूहरु मारमा परेको व्यवसायीको गुनासो

jhapa bebasayi

झापा, १३ मंसिर । वैज्ञानिक, अनुमानयोग्य र पारदर्शी राजश्व प्रणालीको विकास, औद्योगिक संरक्षण प्रदान गर्ने, सबै आर्थिक कृयाकलापलाई करको दायरामा ल्याउने र कर छली तथा चुहावट नियन्त्रण गर्न सरकार लागि परेको छ । तर, सरकारकै नीतिका कारण आफूहरु मारमा पर्ने गरेको व्यवसायीहरुको भनाई छ ।

सानादेखि ठूला व्यवसायीलाई बेला–बेलामा कर छली गरेको आरोप लाग्ने गरेको छ । सरकारले केही ठूला व्यवसायीलाई कर छलीको आरोपमा पक्राउ गर्दै कारवाही समेत गर्दै आएको छ । तर, झापाका व्यवसायीले भने राज्यले ल्याएको नीतिकै कारण आफूहरु मारमा पर्ने गरेको बताउँदै आएका छन् । व्यवसायलाई प्रर्वद्धन गर्ने कुनै पनि कार्यक्रम सरकारले सञ्चालन गर्न नसकेको व्यवसायीहरुको आरोप छ ।

महिला उद्यमीहरुले अहिलेसम्म करका विषयमा पर्याप्त शिक्षा नपाएकै कारण विभिन्न समस्यामा आफूहरु कारवाहीमा पर्ने गरेको महिला उद्यमीहरुले बताउँदै आएका छन् ।

यता उपभोक्ताले खरिद गरेको सामान अनुसारको भ्याट विल अझैंपनि सबै व्यवसायीले नदिने गरेको गुनासो बेलाबेलामा आउने गर्दछ । यही सन्दर्भमा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले यदि कसैले त्यस्तो गरेको सूचना आए उनीहरुलाई तत्काल कारवाही गर्ने बताउनु भयो ।

बिर्तामोड उद्योग वाणिज्य संघले प्रमुख कर अधिकृत युवराज श्रेष्ठलाई स्वागत गर्दै व्यवसायीबीचमा कर शिक्षा विषयक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा व्यवसायी, उपभोक्ता तथा सरकारी निकायको प्रतिनिधित्व रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);