ट्रम्प विरुद्ध महाअभियोगको अनुसन्धान तिब्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

ट्रम्प विरुद्ध महाअभियोगको अनुसन्धान तिब्र

trump tv address

एजेन्सी, ४ मंसिर । अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाउने भनिएको महाअभियोगको विषयमा भइरहेको अनुसन्धानका क्रममा विभिन्न सरकारी अधिकारीहरुसँगको छलफल तिब्र बनाएको छ ।

संसदले उपराष्ट्रपति माइक पेन्सका विशेष सल्लाहकार र अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्णेल अलेक्जेण्डर भिन्डम्यान लगायतका उच्च सरकारी अधिकारीहरुसँग छलफल गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भिन्डम्यानले युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको बयान दिएका छन् । भिन्डम्यान ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् एनएससीका युक्रेनसम्बन्धी एक उच्च विज्ञ हुन् ।

त्यस लगत्तै युक्रेनका लागि पूर्व अमेरिकी विशेष दूत कर्ट भोल्कर र राष्ट्रिय सुरक्षा परिषदका विशेषज्ञ टोलीका सदस्यहरुसँग अमेरिकी संसदले छलफल गर्ने तयारी गरेको छ ।

उक्त अनुसन्धान राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच गत जुलाइमा भएको भनिएको फोन संवादमा केन्द्रीत रहेको छ । जसमा राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षीसंग आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोन मार्फत् युक्रेनलाई दवाव दिएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);