काठमाडौं, १ मंसिर । तीन महिनामा नेपालका २८ वटा बैंकको नाफा १६ अर्ब १७ करोड पुगेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तिय विवरणमा बैंकले उल्लेख्य नाफा कमाउन सफल भएको जनाएको हो ।
नाफा कमाउनेमा एनआइसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, र नविल बैंक अग्रस्थानमा छन् । तीन वटै बैंकको नाफा अर्ब भन्दा बढि रहेको वित्तिय विवरणमा उल्लेख छ ।
बैंकिङ क्षेत्रमा प्रभुत्व जमाउँदै आएका राष्ट्रिय बाणिज्य बैंक र नविल बैंकलाई एन आइ सि एशियाले पछ्याउँदै आएको पाइन्छ । कान्छा सिइओका रुपमा परिचित रोशनकुमार न्यौपानेले बैंकलाई अगाडि ल्याउन उल्लेख्य भूमिका खेलेका छन् ।