राष्ट्रियताको बिषयमा सबै एक ठाउँमा उभिनुपर्नेमा नेताहरुको जोड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

राष्ट्रियताको बिषयमा सबै एक ठाउँमा उभिनुपर्नेमा नेताहरुको जोड

तेजना पण्डित
काठमाडौं, २२ कात्तिक । भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको भू भाग देखाइएपछि अहिले नेपालमा भारत विरोधी प्रदर्शनहरु दिनदिनै भईरहेका छन् । भारतीय कदमविरुद्ध युवाहरु सडक आन्दोलनमा उत्रिएका छन् भने सरकारलाई कुटनीतिक माध्यमबाट सीमा विवाद सुल्झाउन चर्काे दवाब परेको छ ।

सीमा विवादले यति चर्काे रुप लिंदा पनि राजनीतिक दलहरु भने अझै एकै ठाउँमा उभिन सकेका छैनन् । जसले गर्दा नेतृत्वप्रति पनि जनआक्रोस बढ्दो देखिन्छ ।

भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भू–भागमा देखाइएको छ । शनिबार यो कुरा सार्वजनिक भए यता दिनदिनै सडकमा विरोध प्रदर्शन भइरहेको छ ।

काठमाडौंमा युवाहरुले गरेको सडक प्रदर्शनले विस्तारै देशैभर प्रदर्शन बढ्दैछ । काठमाडौंस्थित भारतीय राजदूतावास घेराउदेखि भारतीय नक्सा सडकमा जलाउनेसम्मका विरोध कार्यक्रमहरु भइरहेको छ ।

भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा चर्काे विरोध प्रदर्शन भइरहँदा सरकारका तर्फबाट एउटा विज्ञप्ती जारी गर्ने काम बाहेक नेतृत्व तहबाट खासै उल्लेखनीय काम भएको देखिएको छैन ।

पत्रकारले सोधेको प्रश्नको उत्तर घुमाउरो पाराले दिने बाहेक नेतृत्वबाट पनि खासै गम्भीर्यता देखाइएको पाईदैन । युवाहरु स्वतस्पूmर्त रुपमा सडक आन्दोलनमा होमिरहँदा शीर्ष नेतृत्व तह एक ठाउँमा बस्न सकेका छैनन् ।

नागार्जूृनबाट पूर्वराजा ज्ञानेन्द्रले केही बोल्दा बालुवाटारमा संघीयता संकटमा पर्यो भनेर सर्वदलीय बैठक बस्ने नेताहरु अहिले नेपालको सीमा नै मिचिएर छिमेकी देशले नक्सा निकाल्दा संयुक्त बैठक बस्न सकिरहेका छैनन् ।

नेपालको राजनीतिमा भारतको प्रतक्ष्य प्रभाब पर्ने भएका कारण पनि दलहरु एक ठाउँमा उभिएर भारतलाई दवाब दिनतर्फ लाग्न नसकेको राजनीतिक दलहरुको बिश्लेषण छ । तर प्रमुख प्रतिपक्षी दल भने सरकारको कमजोरीका कारण यो अवस्था श्रृजना भएको बताउँछ ।

भारतले गरेको नेपाली भूमी अतिक्रमण बिरुद्ध सवै दलहरु एकै ठाउँमा उभिनु पर्ने हो तर उभिन सकिरहेका छैनन् । यसको नेतृत्व सरकारले नै लिनुपर्ने समाजबादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइको सुझाव छ ।

स्वयम् नेकपाका नेताहरु पनि प्रधानमन्त्रीले यस बिषयमा अबिलम्ब ठोस कदम चाल्नुपर्नेमा जोड दिइरहेका छन् । राष्ट्रकोे सार्वभौमिकता अखण्डताका सवालमा सम्पुर्ण नेपाली एकठाउँमा उभिनुपर्ने आजको आवस्यकता रहेका कारण प्रमुख प्रतिपक्षी दलहरुसँग बार्ता गरी भारत सरकारसँग आफ्नो स्पष्ट धारणा राख्नुपर्ने बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको सुझाब छ ।

नेपाल भारत बिच सदियौंदेखि सम्बन्ध छ । नेपालको सबैभन्दा नजिकको छिमेकी देश भारत नै हो । रोटी बेटीको सम्बन्धले नेपाल भारतको सम्बन्धलाई थप नजिकाएको छ ।

नेपालको ८० प्रतिशत व्यापार भारतसँगै छ । नेपाललाई तीन तिरबाट भारतले नै घेरेको छ । तर त्यही नजिकको भनिएको भारतले नेपालको सीमा पटक पटक मिच्दै आएको छ ।

भूगोल त मिचेको छ नै अहिले त नक्सा नै बदल्न खोजेको छ । नेपालको भूभाग नै भारतीय नक्सामा देखाइएपछि युवाहरु त सडक आन्दोलनमार्फत विरोधमा उत्रिएका छन् ।

प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु अब एक ठाउँमा बसेर समस्याको निकास खोज्न लाग्ने कि नलाग्ने ? कि सत्ता कस्को नेतृत्वमा हुने भनेर मात्र छलफलमा लाग्ने ? आम नेपालीको मनमनमा प्रश्न उठिरहेकोछ ।

यसैबीच नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ४ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);