काठमाडौं, २० कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताउनु भएको छ ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले मुलुकमा आफ्नै पूँजी र सीपको प्रयोग गरेर उत्पादन नभएसम्म व्यापार घाटा कायमै रहने प्रष्टयाउनु भएको हो । उहाँले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको पनि उल्लेख गर्नुभयो ।