काठमाडौं, ३० असोज । साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से शून्य दशमलब सात एक अंकले बढेर एक हजार १ सय ३७ दशमलब सात पाँच अंकमा पुगेको छ ।
१ सय ६० कम्पनीका ९ लाख ९८ हजार कित्ताशेयर तीन हजार ५ सय ७८ पटकको कारोबारबाट १८ करोड २९ लाख ९४ हजार ९ सय ५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब पाँच चार अंकले बढेर २ सय ४९ दशमलब एक दुई अंकमा पुगेर बन्द भएको छ । बिहिबार होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहबाहेक सबै समूहको परिसूचक उकालो लागेको छ ।
बिहिबार प्रभु बैंकको करिब २ करोडको शेयर कारोबार भएको छ । सानिमा इक्वीटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ८ प्रतिशतले कमाएका छन भने महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलब दुई पाँच प्रतिशतले गुमाएका छन् ।