दार्चुला स्थित सिमा नाका ४८ घण्टाका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

दार्चुला स्थित सिमा नाका ४८ घण्टाका लागि बन्द

दार्चुला, २७ असोज । भारतमा हुने ग्राम पञ्चायत निर्वाचनको सुरक्षा संवेदनशिलताका लागि भारतको पिथौरागढ जिल्ला सित जोडिएका दार्चुलाका सबै सिमा नाकाहरु बन्द गरिएका छन्।

भारतमा असोज २९ गते हुने ग्राम पञ्चायत निर्वाचनका लागि असोज २७ गते साँझ ५ बजे देखि असोज २९ गते साँभm ५ बजे सम्मका लागि भारत सित जोडिएका महाकाली नदी माथि रहेका सबै झोलुंगे ४८ घण्टाका लागि बन्द गरिएका हुन ।

भारतको पिथौरागढ प्रशासनबाट जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सिमा बन्द गर्ने सम्बन्धमा प्राप्त पत्रका आधारमा दार्चुला स्थित सिमा नाकाहरु ४८ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);