लाङटाङका स्थानीय दसैंमा हिंसा होइन, शान्ति खोज्छन् | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

लाङटाङका स्थानीय दसैंमा हिंसा होइन, शान्ति खोज्छन्

lamtang

काठमाडौं, १४ असोज । देशभर दसैंको उत्साह छाइरहँदा रसुवाको पर्यटकीय स्थल लाङटाङ भने अझै सुनसानजस्तै छ । बजारमा हजारौंको संख्यामा बलिका लागि राँगो, खसी, परेवा, कुखुरा तयारी अवस्थामा राखिएका छन् । तर, लाङटाङमा भने दसैंमा जनावरको बलि होइन, दियो बालेर शान्ति कामना गर्दै सामूहिक प्रार्थना गर्ने गरिन्छ ।

छुट्टै धर्म र परम्परा लाङटाङका विशेषता हुन् । लाङटाङलाई दसैंंमा न हतारो छ न चटारो नै । आफ्नै गति र दिशामा स्थानीयको जीविका चलेको छ । देवता खुसी बनाउन दसैंंमा जनावरको बलि चढाउँदैनन् बरु दियो जलाएर शान्तिको कामना गर्छन् । यो उनीहरूको विशेषता हो ।
जहाँ मालाश्रीको धुन बच्दैन न देवता खुसी पार्न जनावरको बलि हुन्छ । जहाँ शान्तिको कामना गर्दै ॐ माने पदमे होम भनेर ध्यान र साधना गरिन्छ । आफ्नै संस्कति र परम्पराअनुसार उनीहरूले चाडपर्व मनाउँदै आएका छन् । दसैंं मनाउने शैली पनि शेर्पा समुदाय र लामाहरूको आआफ्नै छ । उनीहरू बलिलाई सधैं निषेध गर्छन् । सेतो टीका लगाएर एक आपसमा रमाइलो र नाचगान गर्छन् । रातो टीकालाई उनीहरू निषेध गर्छन् ।

दसंै बिदामा सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक र गैरसरकारी संस्था बन्द हुने भएकाले लाङटाङका स्थानीय बालबालिका र अभिभावक घर फर्कन्छन् । लाङटाङमा कतिपय होटल व्यवसायीले त कामको व्यस्तताले दसैंं मनाउन पाइरहेका हुँदैनन् । आफ्नै रीति र परम्पराअनुसार टीका लगाएर एक आपसमा रमाइलो गर्ने गरेको लाङटाङका स्थानीय होटल व्यवसायी फिन्जो तामाङले टेलिफोनमा बताए । ‘परापूर्वकालदेखि नै लाङटाङमा वन्यजन्तुको बलि वञ्चित छ,’ उनी भन्छन्, ‘बलि दिएर देवता खुसी हुने होइन बारु रिसाएर विपत्ति आउँछ भन्ने मान्यता छ ।’  यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);