इलाम, १३ असोज । नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जनताबाटै जारी भएको संविधान कार्यान्वयन गर्न सबैको भुमिका अपरिहार्य रहेकोे बताउनु भएको छ ।
जिल्ला समन्वय समिति इलामको तेस्रो जिल्ला सभाको सोमबार उद्घाटन गर्दै नेम्बाङले संविधान कार्यान्वयनमा सबैको भुमिका आवश्यक रहेको बताउनु भएको हो । जनता बलीयो भएर नै संधिानसभाबाट संविधान जारी भएको उहाँको भनाई छ।
नेम्बाङले पर्यटकीय र कृषि उत्पादनको दृष्टिकोणले अन्य जिल्लाभन्दा बढी सम्भावना रहेको इलामले विकास कार्यका लागि अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।