एएफसी यू–१६ च्याम्पियनसिप छनोट : नेपाल ताजिकिस्तानसँग खेल्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

एएफसी यू–१६ च्याम्पियनसिप छनोट : नेपाल ताजिकिस्तानसँग खेल्दै

nepal u-16 football team

काठमाडौं, ३ असोज । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले आज (शुक्रबार) बलियो टिम ताजिकिस्तानसँग खेल्दैछ । अघिल्ला दुई खेलमा १ अंक जोडेको नेपालले तेस्रो खेलमा आज ताजिकिस्तानसँग खेल्न लागेको हो ।

नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार राति १०–४५ मा सुरु हुनेछ । अम्मानको प्रिन्स मोहम्मद अन्तराष्ट्रिय रंगशालामा ताजिकिस्तान विरुद्ध मैदान उत्रदा नेपाल अंक खोस्ने लक्ष्यमा हुनेछ । ताजिकिस्तान पनि नेपाललाई हराएर लगातार तेस्रो जित निकाल्ने प्रयासमा हुनेछ । २ खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ । २ खेलमा १ अंक जोडेको नेपाल चौंथो स्थानमा छ । यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग ७–० ले पराजित भएको थियो । दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो ।

छनोटअन्तर्गत समूह ’ए’ मा नेपालले अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);