जलवायु परिवर्तन विरुद्ध ग्लोबल क्लाइमेट स्ट्राइक सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

जलवायु परिवर्तन विरुद्ध ग्लोबल क्लाइमेट स्ट्राइक सुरु

jalabayu pariwartan

काठमाडौं, ३ असोज । जलवायु परिवर्तन विरुद्ध सरोकारवाला निकायलाई प्रभावकारी कदम चाल्न ग्लोबल क्लाइमेट स्ट्राइक’ सुरु भएको छ । प्रशान्त महासागर आसपास र सो क्षेत्रका आइल्याण्डहरुमा शुक्रबार ग्लोबल क्लाइमेट स्ट्राइक सुरु भएको हो ।

न्युजिल्याण्ड, अस्ट्रेलिया हुँदै अमेरिकाको लस एन्जलससम्मका क्षेत्रमा विशेष गरी स्कूले विद्यार्थी र युवाहरु प्रदर्शनमा सहभागी भएका छन् । शुक्रबार दिनभरजसो प्रशान्त क्षेत्रमा प्रदर्शन हुने छन् । जलवायु परिवर्तन विरुद्धको अभियानमा सक्रिय स्वीडिस ग्रेता थुनबर्गको पहलमा प्रदर्शन सुरु भएको हो ।

विश्वव्यापी रुपमा हुने प्रदर्शनमा एक लाख ५० हजार भन्दा बढी मानिसको सहभागिता हुने अपेक्षा आयोजकको छ । प्रदर्शनका आयोजकले जीवाश्मबाट बन्ने इन्धन (कोइला, ग्यास, तेल) सहितको प्रयोग अन्त्य गरिनु पर्ने तथा सबैका लागि जलवायु न्यायको माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);