एजेन्सी, २५ भदौ । रोहिंग्या मुस्लिम लडाकुले म्यानमारमा एक महिनाका लागि एकतर्फी युद्धबिरामको घोषणा गरेको छ । आइतबार देखि लागु हुने सो घोषणासँगै म्यानमारलाई हतियार छोड्न पनि आग्रह गरेका छन् ।
अराकन रोहिंग्या साल्भेसन आर्मी नामक रोहिंग्या मुस्लिम लडाकुले म्यानमारका सुरक्षाकर्मीको अत्याचार विरुद्व प्रतिकार गर्दैै आएको थिए । रोहिंग्या समुदायलाई न्याय दिनको लागि गठन भएको सो लडाकु समुहले २५ अगष्टमा म्यानमारको एक पुलिस पोष्टमा हमला गर्दा १२ जनाको मृत्यु भएको थियो । त्यसपछि चर्किएको सो घटनाका कारण सैयोँ रोहिग्ंयाले ज्यान गुमाइ सकेका छन् । बस्तीहरु पनि जलाइसकेको छ ।
रोहीग्ंया समुदाय भन्छन् पहिले नै देखि बौद्ध धर्मवलम्बीको बाहुल्यता रहेको सो देशमा निकै दर्दानाक यातना दिन्छन्, घर जलाइदिन्छन् । तर म्यानमार भने आफ्ना सैनिकले रोहिंग्या आतंककारी समुहको नाम दिएर त्यस विरुद्ध कारबाही गरेको दाबी गर्छ ।
म्यानमारको जातिगत अत्याचारका कारण अहिले २९०,००० भन्दा बढि रोहिंग्या बगंलादेश लगाएत भारत नेपालमा शरण लिन पुगेका छन् ।
युएनका अनुसार उक्त शरणार्थीलाई सहयोग गर्न ७७ मिलीयन डलर चाहिने भएको छ ।