काठमाडौं, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार, चिनिया व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।
चिनियाँ दुतावासले शनिबार राजधानीमा गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले राजनीतिक स्थायीत्व कायम भएसंगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गर्नुभएको हो ।
उहाँले नेपाल सधै एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चीन विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता गर्नुभयो । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चिनको राजकिय भ्रमणको प्रतिफलनै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको उहाँको धारणा थियो ।
कार्यक्रममा उपराराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता रहको धारणा राख्नुभयो ।
कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु, व्यवसायीहरु लगाएतको सहभागिता रहनु भएको थियो ।