दसैंअघि गाडी भाडा नबढ्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

दसैंअघि गाडी भाडा नबढ्ने

gadi vada

काठमाडौं, २१ भदौ । सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन् । यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ ।

‘यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो । भाडाबारे निर्णय सरकारले गर्छ,’ नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनको विषयमा सरकारसँग हामीले कुनै बार्गेनिङ गरेका छैनौं ।’ एक साताको समय मागेर दसैंमा यात्रुलाई सहज रूपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभरका व्यवसायी जम्मा भएर छलफल गरिरहेको उनले बताए । दसैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पनि दसैंअघि गाडी भाडा नबढ्ने दाबी गरे । ‘यात्रुलाई सहज र सुरक्षित तरिकाले घरसम्म पुग्ने व्यवस्था हामी गर्दै छौं,’ उनले भने, ‘दसैं मनाएर सुरक्षित तरिकाले काठमाडौं फर्कने वातावरण पनि हामीले सिर्जना गर्ने छौं ।’

उनका अनुसार केही दिनअघि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, काठमाडौंमा रहेका यातायात व्यवस्थापन कार्यालयका प्रमुख, ट्राफिक प्रहरी, उपभोक्ता मञ्चको टोलीलाई बोलाएर छलफल गरिएको थियो । छलफलबाट उपत्यकाको १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने निर्णय भएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);