भारतका कारण ७ सय बिगाहमा रोपिएको धान डुबानमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

भारतका कारण ७ सय बिगाहमा रोपिएको धान डुबानमा

dhan kheti duban-kapilvastu

शम्भु माली
कपिलवस्तु, १८ भदौ
। भारतले एकपक्षीय रूपमा सीमा क्षेत्रमा एकतर्फि बनाएको चारवटा बाँधहरूको फाटक बन्द गर्दा कपिलवस्तुका दक्षिणी भेगका करिव ७ सय बिगाह रोपिएको धान डुबानमा परेको छ । नेपालको पानी भारतले महलीसागरमा रिर्जभ गरि आफ्नो भूमि सिचाँई गर्ने उद्देश्यकालागी बनाईएको बाधबाट नेपालको खेती योग्य जग्गा डुबानमा परेको हो ।

भारतीयले १४ वटा फाटकमा काठको चार फिट अग्लो चिरपट लगाएर पानी थुनेको छ । पानीले सीमापारी भारतमा लोभलाग्दो तबरले धान रोपाइ भइरहेको छ, भने नेपाली भू–भाग डुबानमा पर्दै आएको छ । भारतले आफ्नो क्षेत्रस्थित १२० हेक्टरमा यहीं बाँधबाट सिँचाइ गर्दै आएको छ । तर नेपालका जमिनमा साढे तीन फिटदेखि चार फिटसम्म पानी जमेको छ । यहाँका स्थानियले २५ वर्षदेखि यस्तै समस्या झेल्दै आएका आएका छन् ।

नेपालका किसानले भने खेती गरेको धान डुबेकोले परिवार पाल्न निकै कठिन भएको बताएका छन । प्रत्येक बर्ष धान गहुँ बाली लगाउने तर बाली लगाएपछि सबै डुवान पर्नाले न बाली स्याहार्न पाईन्छ न अन्न भित्र्याउन पाइन्छ ।

पीडित स्थानीय कृषकहरुले समस्या समाधान गर्नका लागि नेपाली कांग्रेसका पूर्व सभापति सुधाकर पाण्डेयलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

भारत सरकारले नेपाल सरकारको सहमति र सम्पर्क बिना बनाएको एकतर्फी बाँधबाट यहाँका ५ देखि ७ सय बिगहा खेती योग्य जग्गा डुबेर क्षति पुगेको छ । यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले केन्द्रिय सरकार र प्रदेश सरकारसंग फाटक खोल्नका लागि पहल गर्ने बताउनुभयो ।

जिल्लाको यशोधरा गाउँपालिका –५ मा पर्ने भगवानपुर, लोहरौली, मुडिला, कचरिहवा साथै सोही गाउँपालिका–७ स्थित रंगपुर र भैसहिया गाउँ, मायादेवी गाउँपालिका –८ स्थित बरकुल, बिजुवा, जमुनी, र हरिवंशापुर गाउँका एक हजारभन्दा बढी हेक्टर धान रोपेको खेत डबानमा परेका छन् ।

आफ्नो अन्नको मुख्य श्रोत डुवानमा परेपछि कृषकहरुलाई पेट भर्न समेत गाह्रो हुने भएको छ । यसरी भारतीय पक्षको ज्यादतीले नेपालका सीमा क्षेत्रका धेरै स्थानीयहरुले विभिन्न समस्याहरुसंग जुध्न बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);