चितवनमा डेंगु र स्क्रबटाइफसबाट मुत्यु हुनेको संख्या ४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

चितवनमा डेंगु र स्क्रबटाइफसबाट मुत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौं, १७ भदौ । मेडिकल सिटिका रुपमा परिचित चितवनमा डेंगु र स्क्रबटाइफसबाट मुत्यु हुनेको संख्या ४ पुगेको छ । डेंगु र स्क्रबटाइफसबाट चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेंगुको कारण मृत्यु भएको हो ।

रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेंगु र स्क्रबटाइफस संक्रमणको कारण मृत्यु भएको हो ।

दुवै रोगको संक्रमण बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९ सय ८ जनाको डेङ्गु परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ४ सय ५५ जना चितवनका रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);