डेंगु सरकारको नियन्त्रणबाहिर, स्वास्थ्य मन्त्रालय भन्छ : हामी एक्लैले नियन्त्रण गर्न सकेनौं | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

डेंगु सरकारको नियन्त्रणबाहिर, स्वास्थ्य मन्त्रालय भन्छ : हामी एक्लैले नियन्त्रण गर्न सकेनौं

dengue-fever-1564558571

काठमाडौं, १३ भदौ । प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रस्ट पारेको छ । डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि आमनागरिकसमक्ष आग्रह गरेको छ ।
डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् ।

०७०÷७१ मा ३ सय २ जना, २०७१÷७२ मा १३४ जना, २०७२÷७३ मा १ हजार ५२७ जना, २०७३÷७४ मा २ हजार १११ जना, २०७४÷७५ मा ८११ जना, २०७५÷७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ४० दिनमा १ हजार ५३७ जना यसबाट प्रभावित भइसकेका छन् ।  ४० दिनको अवधिमा प्रदेश नम्बर १ मा सबैभन्दा धेरै ५६३ डेंगुका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे समाचार राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);