वनको अवस्थाबारे संसदीय समितिको चासो, सम्पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

वनको अवस्थाबारे संसदीय समितिको चासो, सम्पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन

ban samiti

काठमाडौं, ८ भदौ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देश भरि छरिएर रहेको राष्ट्रिय वनको अवस्था बारे चासो देखाएको छ । वन सम्बन्धि ऐन र भुमि सम्बन्धि ऐन पारित भएको एक हप्ता नबित्दै समितिले वन मन्त्रालय र भुमि व्यवस्था मन्त्रालय सँग राष्ट्रिय वनका अद्यावधिक लगत माग्ने निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकमा राष्ट्रिय वन भनि सुचीकृत भएका देश भरिका वनको हालको अवस्था, बनको नाप नक्सा, क्षेत्रफल लगायतको विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई निर्देशन दिएको हो ।

समितिको बैठकमा सांसदहरुले सरकारले जग्गाको कित्ताकाट रोक्ने सम्बन्धि गरेको निर्णय पुनविचार गर्नुपर्ने माग राखेका थिए । सांसदहरु दलबहादुर राना र सत्यनारायण खनालले मालपोतको काम अपारदर्शी भएको र जनताले समेत दुख पाएको भन्दै कित्ताकाट रोक्न गरिएको निर्णय पुर्नविचार गर्न माग गर्नु भयो ।

अहिले स्थानीय तहले ‘खेती योग्य जग्गा’ होइन भनेर सिफारिस गरेपछि सम्बन्धित मालपोत कार्यालयले जग्गाको कित्ताकाट गर्न सक्ने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);