प्रहरीको एक दिन, १ लाख १५ हजार किलोमिटर पैदल गस्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रहरीको एक दिन, १ लाख १५ हजार किलोमिटर पैदल गस्ती

police

काठमाडौं, ३ भदौ । नेपाल प्रहरीले दैनिक ७ हजार ३ सय ५० जना प्रहरीमार्फत १ लाख १५ हजार ३ सय २ किलोमिटर पैदल गस्ती गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले तयार गरेको तथ्यांकले सरदर ७ हजार ३ सय ५० जना प्रहरी दैनिक १५ हजार ३ सय २ किलोमिटर पैदल गस्तीका लागि परिचालन हुने गरेको देखाएको हो ।  यस्तै, दैनिक रूपमा ४ हजार ४ सय ३ जना प्रहरी सवारी गस्तीमा निस्किने गरेका छन् । उनीहरूले दैनिक २१ हजार २ सय किलोमिटर विभिन्न किसिमका सवारी साधनमार्फत गस्ती गर्ने गरेका छन् ।

यसैगरी, दैनिक चेकजाँचका लागि मात्रै ३ हजार ४२ जना प्रहरी परिचालन हुने गरेका छन् । तथ्यांकअनुसार देशभरका ६ सय २ स्थानमा दैनिक चेकजाँच हुने गरेको छ । नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले भने, ‘मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कर्तव्य र जिम्मेवारी प्रहरीको हो तर भौगोलिक अवस्था, साधन स्रोत, जनशक्ति, वातावरणीय अवस्थालगायतका कारण भने दैनिक रूपमा प्रहरीमाथि चुनौती छ ।’ यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);