सुनको मूल्य तोलामै ६६ हजार ३ सय | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सुनको मूल्य तोलामै ६६ हजार ३ सय

gold shop

काठमाडौं, २० साउन । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

बजारमा सुनको मूल्य प्रतितोलामा ६६ हजार ३ सय रुपैयाँ पुगेपछि नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अमेरिका र चीनबीचमा भएको व्यापार युद्धको कारण सुनको मूल्य आकासिएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन् ।

“प्रतितोला पाँच सय रुपैया बढेर आइतबार ६६ हजार ३ सय रुपैयाँ पुगेको छ,” उनले भने, “अन्तर्राष्ट्रिय बजारको अवस्थालाई हेर्दा सुनको मूल्यमा अझै बढ्ने देखिन्छ ।” सुनको मूल्य लगातार बढेपछि कारोबार न्यून भएको उनको भनाइ छ । उनका अनुसार अहिले दैनिक मुश्किलले १० किलोमात्र सुन बिक्री हुने गरेको छ ।

सुनको मूल्य लगातार उकालो लाग्दै गएपछि खरिद गर्ने उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर परेको छ । मूल्य बढेपछि नयाँ गहना किन्न भन्दा पनि पुराना गहना बेच्नेको भीडभाड धेरै लाग्ने गरेको छ । पछिल्लो एक महिनायता सुनको मूल्य बढेपछि बजार सुनसान जस्तै बनेको छ । तीजको समयमा बिक्री हुने आशामा व्यवासायी रहेका छन् । गत वर्ष यतिबेला बजारमा सुनको माग धेरै आएकाले अभाव रहेको थियो । अहिले मूल्य बढेपछि कारोबार न्यून हुँदा व्यवसायीलाई प्रत्यक्ष असर परेको हो । महासंघका अनुसार शुक्रबार प्रतिऔंश १ हजार ४३२ डलर रहेकोमा आइतबार बढेर प्रतिऔंस १ हजार ४४१ डलर पुगेको छ । आइतबार अमेरिकी डलर १११ रुपैयाँ रहेको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);