रामेछाप, १९ साउन । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिनु भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्ने चेतावनी दिनुभएको हो ।
उहाँले अहिले राजा महाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप समेत लगाउनु भयो । वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिनु भएको हो ।
नेकपा अध्यक्ष प्रचण्डले, तानाशाहा र निरंकुसताका पुजारीहरु तीन करोड जनताको आवेगले क्षणभरमै खरानी हुने चेतावनी समेत दिनुभयो । जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।