युएस ओपन टेनिसः स्टेफेन्स र किज फाइनलमा भिड्ने

एजेन्सी, २३ भदौ । स्लाने स्टेफेन्स र म्याडिसन किज युएस ओपनको एकल महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् ।

आज भएको सेमिफाइनलमा भेनस विलियम्सलाई ६–१, ०–६ र ७–५ को सेटमा पराजित गरी स्टेफेन्स फाइनल प्रवेश गरेकी हुन् । दुवै खेलाडीले एक एक सेट सजिलै जितेकामा तेस्रो सेटमा भने निकै प्रतिस्पर्धा भयो । प्रतिस्पर्धात्मक उक्त सेट अन्तिममा स्टेफेन्सले जितिन् ।

 

स्टेफेन्ससँग फाइनलमा म्याडिसन किजले प्रतिस्पर्धा गर्ने भएकी छिन् । कोको भान्डेवेघेलाई पराजित गरी किजले स्टेफेन्ससँगको भेट पक्का गरेकी हुन् । किजले भान्डेवेघेलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।

 

Related Post
Share

This website uses cookies.