नसोधी सह–इञ्चार्ज बनाएको भन्दै मन्त्री अरुण नेपालद्धारा पद अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नसोधी सह–इञ्चार्ज बनाएको भन्दै मन्त्री अरुण नेपालद्धारा पद अस्वीकार

Arun-Nepal

काठमाडौं, ७ साउन । कपा सिन्धुपाल्चोक जिल्लाको सह–इन्चार्जको जिम्मेवारी पाएका प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले पद अस्वीरका गरेका छन् ।

उनले पद अस्वीकार गरेको पत्र दुईदिन भित्रमा नेकपाको केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराउने तयारी रहेको बुझिएको छ । बषौदेखि माथील्ला पदमा बसेर काम गरेको र अहिले आफुलाई नसोधीकन जिल्ला पार्टीको सह–इञ्चार्ज बनाइएको भन्दे उनले पद अस्वीकार गरेको पत्र पार्टीमा दर्ता गराउने तयारी गरेका हुन् ।

‘जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिएका अन्य साथिहरुलाई सोधेर मात्र पद दिएको छ, तर मलाई जानकारी नै भएन’ मन्त्री नेपालले भने ‘सबै साथीहरुलाई इन्चार्ज र सहइन्चार्ज पदमा बस्नेकी नबस्ने भनेर सोधिएको रैछ । तर, मलाई सोध्दै नसोधीकन सह भइन्चार्ज बनाइएछ । त्यसैले पद अस्वीकार गरेको हुँ ।’ आफु सह–इन्चार्ज पदमा नवस्ने बारेको जानकारी पार्टीका महासचिव बिष्णु पौडेललाई जानकारी गराइसकेको मन्त्री नेपालले बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);