भूमिहिन दलितलाई संविधान अनुरुप जग्गा उपलब्ध गराईने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

भूमिहिन दलितलाई संविधान अनुरुप जग्गा उपलब्ध गराईने

पदमा अर्याल

काठमाडौं, २० असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयले ५ वटा विषयलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथि बैठकमा उठेका प्रश्नको उत्तर दिने क्रममा उहाँले १५ औं योजना अनुसार नै मन्त्रालयले कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको हो । उहाँले भूमिहिन दलितलाई संविधान अनुरुप जग्गा उपलब्ध गराउने सम्बन्धमा कानुन पास भईसकेको र नियमावलि समेत तयार भएर नेपाल सरकारबाट स्वीकृतको चरणमा रहेको भन्दै नियमावलि पास भएपछि कार्यान्वय प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);