टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

t20 worldcup NEPALI

काठमाडौं, १५ असार । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपालले आइतबार पत्रकार सम्मेलन गरेर कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट बैकल्पिक सहित १८ सदस्यीय टिमको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् । नेपाली टोलीमा शरद भेषवाकरले पुनरागमन गरेका छन् । गत माघमा भएको युएईसँगको सिरिजमा शरद टिममा थिएनन् ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालको पहिलो खेल २३ जुलाइमा कतारसंग खेल्नेछ ।

टोलीमा टीम कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन । अन्य खेलाडीमा अभिनाष बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहीतकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी रहेका छन्। वैकल्पिक खेलाडीका रुपमा कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, सुशन भारी, मोहम्मद आरिफ शेख टिममा रहने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);