चीनबाट ४४ युवती फर्काउन पहल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

चीनबाट ४४ युवती फर्काउन पहल

yuwati china maa

काठमाडौं, १३ असार । वैदेशिक रोजगारीका सिलसिलामा चीनको उत्तरपूर्वी ताङतोन सहरस्थित तानतोङ गार्मेन्टमा कष्टकर दिन गुजारिरहेका ४४ नेपाली युवतीलाई फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको छ ।

पूर्वसर्तअनुसार सेवासुविधा नदिइएको भन्दै ती युवतीले दूतावासमा गुनासो गरेका थिए । लगत्तै दूतावासका कर्मचारीले स्थलगत अध्ययन गरेपछि उनीहरूलाई फर्काउन पहल थालिएको हो ।

काठमाडौंको गौशाला पिंगलास्थानस्थित कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीमार्फत गत मे १२ तारिखमा ताङतोन पुगेका उनीहरूले भनेअनुसार सेवा–सुविधा नपाएको, धेरै समय काम लगाइएको र भोकभोकै बस्नुपरेको बताएका छन् । उनीहरूलाई फिर्ता पठाउनका लागि नेपालस्थित वैदेशिक रोजगार विभागलाई अनुरोध गरिएको र विभागले सम्बद्ध म्यानपावरलाई निर्देशन दिइसकेको दूतावासका मिनिस्टर सुशील लम्सालले बताए ।

ज्याकेट उत्पादन गर्ने उक्त गार्मेन्ट उद्योगले ४०० अमेरिकी डलर प्रतिमहिना दिने, ८ घण्टा काम गराउनेलगायत श्रम मान्यताअनुरूपका सबै प्रक्रिया पूरा गरेर दूतावासमार्फत ५० जना कामदारका लागि सम्पर्क गरेको थियो ।

सोहीबमोजिम कामदार पठाउने जिम्मेवारी पाएको कम्पासले सुरुमा कम्पनीले भनेअनुसारकै सुविधा पाइने बताएको तर अन्तिम समयमा अर्कै सम्झौतामा हस्ताक्षर गराएको पीडित युवतीले बताएका छन् । तानतोङ उत्तर कोरियाको सीमामा पर्छ । त्यहाँ काम गर्न अधिकांश उत्तर कोरियाली आउने गर्छन् । यो समाचार कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);