३९ देशसँग हवाई सम्झौता, सीमित देशमा मात्र उडान : थप तीन देशसँग हवाई सम्झौताको तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

३९ देशसँग हवाई सम्झौता, सीमित देशमा मात्र उडान : थप तीन देशसँग हवाई सम्झौताको तयारी

aeroplane

काठमाडौं, ६ असार । ३९ देशसँग हवाई सम्झौता गरेको नेपालले थप तीन देशसँग हवाई सम्झौताको तयारी गरेको छ । सरकारले २०७५ मङ्सिर १४ गते पछिल्लोपटक कम्बोडियासँग हवाई सम्झौता गरेको थियो ।

सरकारले अहिले फिनल्यान्ड, इन्डोनेशिया र रूससँग हवाई सम्झौताको तयारी गरिरहको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । यी तीन मुलुकमध्ये रूस पहिले सम्झौता भएर उडान समेत भइसकेको तर हाल बन्द भएको मुलुक हो भने अन्य दुई मुलुक नयाँ हुन् । नेपालले ३९ मुलुकसँग हवाई सम्झौता गरे पनि सम्झौता गरेका सबै मुलुकसँग भने उडान सुविधा छैन । अहिले सम्झौताको तयारी गरिएका देशमध्ये फिनल्यान्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुचि देखाएको हो भने अन्य दुई मुलुकसँग नेपालले चासो बढाएको हो । फिनल्यान्डका राजदूत स्वयंले फिनिश एयरका प्रतिनिधिलाई नेपाल बोलाएर व्यावसायिक उडानको प्रारम्भिक अध्ययन पनि गराइसकेको आचार्यले जानकारी दिए ।

यस्तै सरकारले चीनसँगको हवाई सम्झौता नवीकरणको तयारी गरिरहेको पनि सहसचिव आचार्यले बताए । यसअघि सरकारले २०७५ मङ्सिरमा थाइल्यान्ड र जापानसँग हवाई सम्झौता नवीकरण गरेको थियो । सरकारले ३ दर्जनभन्दा बढी मुलुकसँग हवाई सम्झौता गरेको भए पनि नेपाली हवाई सेवा प्रदायकले अन्तरराष्ट्रिय गन्तव्यमा उडान तथा अवतरणको स्वीकृति भने पाउन सकेका छैनन् । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);