समता स्कुल तथा अस्पतालका सञ्चालक सञ्जेल प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

समता स्कुल तथा अस्पतालका सञ्चालक सञ्जेल प्रहरीको नियन्त्रणमा

samata hospital

काठमाडौं, ४ असार । समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर आफन्तले आन्दोलन थालेपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङ सोमबार राति अस्पताल भित्र पासो लगाएर झुन्डिएको अबस्थामा भेटिएकी थिइन् । क्लिनरको काम गर्ने तामाङले आत्महत्या गरेकी हुन् या हत्या हो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सञ्जेललाई नियन्त्रणमा लिएपछि आफन्तले शव बुझ्mेका छन् । प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ । सञ्जेललाई हाल महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ । सय रुपैयाँमा सबै रोगको उपचार गराउने भन्दै सञ्जेलले सामाजिक अभियान चलाएर अस्पताल सञ्चालनमा ल्याएका हुन् । उनी ठूला व्यवसायी र चन्दादाताको सहयोग लिएर अस्पताल सञ्चालन गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);