खोलामा पल्टियो भौतिक पूर्वाधारमन्त्री महासेठको गाडी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खोलामा पल्टियो भौतिक पूर्वाधारमन्त्री महासेठको गाडी

raghubir mahasetha gadi

काठमाडौं, २८ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेको छ । अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा.२झ ४०२९ नम्बरको गाडी पल्टेको हो । गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो ।

दैनिक तीनवटा मिनिबस, १० जिप र मालवाहक सवारीसाधनहरू दरौँ खोलाको यही भँगालोबाट वारपार गर्न बाध्य छन् । देशकै पहिलो होमस्टे भनेर चिनिने स्याङ्जाको सिरुबारीसम्म दरौँ खोलो हुँदै सवारीसाधन चल्छन् । पोखराबाट स्याङ्जा सदरमुकाम हुँदै अर्जुनचौपारी बजार आउने गाडी जोखिमपूर्ण रूपमा दरौँ खोलो तरेर सिरुबारीसम्म पुग्छन् । स्थानीयले असोजदेखि जेठसम्म यसरी नै यात्रा गर्नुपर्छ । बर्खाको तीन महिना यो रुटमा यातायात बन्द हुन्छ ।

सहरे खोलामा मन्त्री महासेठले शिलान्यास गरेको पुल तयार भए दरौँमा अर्को पुल आवश्यक नपर्ने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल बताउँछन् । ‘दरौँ खोलानजिकै ठूलो पहरो छ । त्यो पहरो केही महिनाभित्रै फोड्ने योजना छ । त्यसपछि दरौँ नतरी किनारैकिनार सहरे पुगिन्छ । त्यहाँ पुल बनेपछि खोलाबाट गाडी तर्नुपर्दैन,’ उनले भने ।

पुल अर्जुनचौपारी–३ हुँदै आँधीखोला–१ जोडिने मार्गअन्तर्गत पर्छ । तीन करोड सात लाख लागतमा पुल निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जिएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);