सर्वत्र बजेटकै चर्चा : कस्तो बजेट आउला भन्नेमा सबैको चाँसो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

सर्वत्र बजेटकै चर्चा : कस्तो बजेट आउला भन्नेमा सबैको चाँसो

तेजना पण्डित
काठमाडौं, १४ जेठ । सरकारले बुधबार ल्याउने बजेट कस्तो होला भन्नेमा अहिले सर्वत्र चाँसो बढिरहेको छ । सामाजिक सुरक्षामा जोड दिएर नीति तथा कार्यक्रम ल्याएको सरकारले अब कस्तो बजेट ल्याउला भन्नेमा राजनीतिज्ञदेखि सर्वसाधरण र उद्योग व्यवसायीसम्मलाई ठूलो चाँसो छ । चासोकाबीच निजी क्षेत्रका व्यावसायिहरुले लगानीमैत्री बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

निजी क्षेत्रको सहकार्य बिना देशमा आर्थिक विकास र समृद्धि सम्भव देखिंदैन । समृद्धिका लागि सहकार्यका साथै लगानीमैत्री वातावरण हुनु पनि त्यति नै आवश्यक छ । सरकारले बजेट ल्याउँदा निजी क्षेत्रबाट दिइएका सुझाबहरु समेटेर आउनुपर्नेमा उद्योग व्यवसायीहरुले जोड दिएका छन् ।

स्वदेशी उद्योगबाट उत्पादित बजारको व्यवस्था, सार्वजनिक खरिद ऐनमा अनिवार्य खरिद ऐनमा खुकुलो व्यवस्था, भन्सारको आयातमा लाग्ने करमा कच्चा पदार्थ र तयारी सामानबीच करको दर फरक पर्नुपर्ने जस्ता सुझाव निजी क्षत्रले सरकारलाई दिएका छन् ।

आयातलाई निरुत्साहित गरि कृषि क्षेत्रमा चक्लाबन्दी, स्वदेशमै रोजगारीको व्यवस्था तथा उद्योगहरु खोल्न सक्ने वातावरण बनाउने गरी अबको बजेट आउनुपर्ने व्यावसायिहरुको सुझाब छ ।

कृषि, पर्यटन उर्जा र हाईड्रो लगाएतका क्षेत्रमा यो वर्ष सरकारले प्राथमिकता दिनुपर्ने उद्योग व्यवसायीको सुझाव छ । नेपालको आन्तरिक उत्पादन नबढ्दा र परनिर्भरता बढ्दा नेपालको अरबौं अर्ब रुपैयाँ विदेशीनुका साथै आयात र निर्यात असन्तुलित छ । यस्तो अवस्थामा उत्पादनमूलक क्षेत्रले प्राथमिकता पाउनुपर्ने व्यवसायीको माग छ ।

सुदूरपश्चिमका व्यापारीहरुले गेटा बिमानस्थल अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने माग गरेका छन् । पर्यटकीय सम्भावनाका क्षेत्रमा पूर्वाधार विकासमा समेत सहयोग हुने गरि बजेट आउनुपर्नेमा सुदूरपश्चिमका व्यावसायिहरुको जोड रहेको छ ।

निजी क्षेत्रकोतर्फबाट भन्दै उद्योग व्यवसायीहरुले सरकारलाई लिखित रुपमै बजेटका लागि सुझाव दिएका छन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, च्याम्बर अफ कर्मश लगाएतले संयुक्त रुपमा सरकारलाई लिखित सुझाब दिएका हुन् ।

दिइएको सुझाव बजेटमा समेटिने हो कि होइन भन्नेमा अहिले व्यवसायी आशावादी बनी पर्खिएका छन् । दिइएका सुझाव सरकारले सम्बोधन गरि अघि बढ्न सकेमा देशमा नेपालको बढ्दो व्यापार घाटा समस्यालाई समाधान गर्न सकिने व्यवसायीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);