काठमाडौं, ४ जेठ । विश्वकप क्रिकेट प्रतियोगिताको १२ औ संस्करण शुरु हुन करीव २ साताको समय वाँकी रहदा यतिवेला खेलप्रेमीको ध्यान क्रिकेटको महाकुम्भ मेलाले तानेको छ । आगामी मे ३० देखि जुलाई १४ सम्म इग्ल्याण्ड र वेल्समा हुने प्रतियोगितामा विश्वका शिर्ष १० टोलीले सहभागिता जनाउनेछन ।
आगामी मे ३० देखि इग्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गरेको १२ औं सस्करणको विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । विश्वकप क्रिकेट प्रतियोगिताको मिति नजिकिएसंगै खेलप्रेमीहरुको ध्यान क्रिकेटको उक्त महाकुम्भ मेलाले तानेको छ ।
विश्वका शीर्ष १० टोलीले यस संस्करणमा सहभागिता जनाउदै छन । विश्वकपमा सहभागि हुने टोलीहरु अहिले आन्तरीक तयारीमा व्यस्त रहेका छन । विश्वकप खेल्ने सवै १० वटै टोलीहरुले आफ्नो १५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् । तर, हरेक टोलीले मे २३ सम्म आफ्नो टिमका खेलाडी हेरफेर गर्न पाउने प्रावधान अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को रहेका कारण केहि खेलाडीहरु परीवर्तन हुन सक्नेछन ।
सहभागी टोलीहरुका प्रशिक्षकदेखि खेलाडीहरुले पनि आफ्नो टोलीले विश्वकप जित्ने दाबी गरिरहेको भएपनि खेल विश्लेषकहरुले प्रभावशाली मानिएका वेष्ट इन्डिज, पाकिस्तान, अष्ट्रेलिया, भारत तथा आयोजक इग्ल्याण्डको संभावना वढि रहेको बताएका छन । विश्वकपमा कुन टोलीको प्रदर्शन कस्तो रहला अहिले जिज्ञासाको रुपमा रहेको छ । विश्वकप क्रिकेटको इतिहास फुटवलको जस्तो लामो नभएको भएपनि यसले ४८ वर्षको छोटो अवधिमा आफ्नो राम्रो प्रभाव जमाउन सफल भएको छ ।
आईसीसी विश्व कप ट्रफीको इतिहास पनि रमाइलो छ । १९७५देखि १९९६ सम्म खेलिएका सुरुका ६ संस्करणलाई आईसीसी विश्व कप भनिएन । त्यतिबेला जुन कम्पनीले प्रायोजन गर्थे उसैको नाममा ट्रफी रहने गरेको थियो । इंग्ल्याण्डले १९९९ मा आयोजना गरेको विश्वकप पछि ट्रफीले नयाँ रुप लिएको हो । त्यसपछि आईसीसी ट्रफी नामाकरण गरिएको थियो ।
आईसीसी विश्व कप ट्रफीको डिजाइन सुन र चाँदीबाट गरिएको छ । ट्रफीको माथिल्लो भागमा सुनको ग्लोब बनाइएको छ । यसको दुई तिर चाँदीले बनेका तीन तीन स्तम्भले अड्याएका छन् । चाँदीले बनेको स्तम्भ विकेट र बेलको आकारको छ । जसले क्रिकेटका तीन विशेषता बुझाउँछ । जसमा व्याटिङ, बलिङ र फिल्डिङ बुझाउँछ । ट्रफीको बेस भने बलियो काठले बनेको छ । ट्रफी बनाउन सुन, चाँदी र काठ प्रयोग गरिएको छ । जसको उचाई ६० सेन्टी मिटर छ भने उचाई ११ केजी रहेको छ ।
विजेताले भने असली ट्रफी भने पाउँदैनन् । विजेतलाई ट्रफीको रिप्लिका अर्थात प्रतिलिपी दिइन्छ । वास्तविक ट्रफी भने आईसीसीको मुख्यालय दुबईमा राखिएको छ । सन् १९७५ देखि शुरु भएको विश्वकपका शुरुका २ संस्करण क्यारेबियन टोली वेष्ट इन्डिजले उचाले पनि त्यसयता भने अस्ट्रेलियाले विश्वकपमा आफुलाई बलियो स्थापित गरिसकेको छ ।
विश्वकप क्रिकेटको इतिहास हेर्ने हो भने अस्ट्रेलिया नै सबैभन्दा बलियो टोली देखिन्छ । जसमा अस्ट्रेलियाले विश्वकपका १२ संस्करणमध्ये ५ संस्करणको उपाधि आफ्नो पक्षमा पारिसकेको छ । विश्वकपको पहिलो र दोस्रो सस्करण २ वर्षको अन्तरमा भएपनि त्यसयता भने विश्वकप ४–४ वर्षको अन्तरमा आयोजना गरिँदै आएको छ ।
यस्तै, विश्वकपका तीन संस्करण सन् १९७५ देखि १९८३ सम्म इङ्ग्ल्यान्डमा आयोजना भएका थिए भने त्यसपछिमात्रै अन्य देशहरुलाई आईसीसीले विश्वकप आयोजनाको जिम्मा दिएको थियो । हरेक खेलाडीको इच्छा हुन्छकी खेल जीवनमा आफूले खेल्ने खेलको विश्वकप खेल्ने । यसमा कोही यस्ता भाग्यमानी खेलाडीहरु हुन्छन् जसले सानै उमेरमा पनि विश्वकप खेल्ने मौका पाउँछन् ।
यसपालीको विश्वकप क्रिकेटमा पनि विभिन्न देशका यस्तै भाग्यमानी क्रिकेटरहरु समेत टोलीमा समेटिएका छन । क्रिकेटको महाकुम्भ शुरुहुने मिति नजिकिदै गर्दा विजेताका वारेमा अनेक अडकलवाजी गरिएको भएपनि कस्ले ट्रफि उचाल्छ भन्ने चाँही खेललेनै निर्धारण गर्नेछ ।