एजेन्सी, २ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरेका छन् । अमेरिकाको कम्प्युटर नेटवर्कलाई ‘विदेशी वैरी’ बाट सुरक्षित राख्न भन्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कम्प्युटर नेटवर्कलाई विदेशी वैरीबाट सुरक्षित राख्न भन्दै राष्ट्रिय आपतकालको घोषणा गरेका छन् । अमेरिका र चीनविच व्यापार युद्ध चर्किदै जाँदा अमेरिकी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन । वासिङटनमा अघिल्लो साता सुरू भएको ११ चरण लामो चीन अमेरिका वार्ता बिनानिष्कर्ष टुंगिएपछि पछिल्लो समय दुइ देशविचमा व्यापार युद्ध चर्किएको हो । दुइ देशविचको टकरावका कारण गतहप्ता मात्र विश्वभरका प्रमुख सेयर बजारले एक हजार अर्ब डलरभन्दा बढीको गिरावट बेहोरेका थिए ।
गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक ३४ अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीन र अमेरिकाबीच व्यापार युद्ध सुरू भएको थियो । त्यसपछि अमेरिकाले उक्त शुल्क ५० अर्ब डलर बराबरका सामानमा लगाएको थियो । लगत्तै चीनले पनि ५० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा २५ प्रतिशत शुल्क थपेको थियो । सेप्टेम्बर २४ देखि थप २ सय अर्ब डलरका चिनियाँ सामानमा अमेरिकाले १० प्रतिशत शुल्क लगाएको थियो । चीन र अमेरिका वीचमा एक अर्काको सामान भन्सार शुल्क बढाउदै जादा उत्पन्न भएको परिस्थितिको सामान गर्न ट्रम्प प्रशासनले पछिल्लो कदम चालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनीले विदेशी टेलिकमको सेवा प्रयोग गर्न नपाउने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् । अमेरिकी कम्पनीले विदेशी टेलिकमबाट सेवा लिँदा त्यसले देशको सुरक्षामा जोखिम निम्त्याउने ट्रम्पको भनाई छ । हस्ताक्षर गरेको निर्देशनमा राष्ट्रपति ट्रम्पले किटान गरेर कुनै पनि कम्पनीको नाम भने लेखेका छैनन् । तर विज्ञहरुले ट्रम्पको संकेत चीनको टेलिकम्युनिकेशन जाइन्ट हुवाई तर्फ रहेको बताएका छन् ।
अमेरिकासहितका देशले हुवाईका उत्पादनहरु चीनले अवैध निगरानीका लागि प्रयोग गरेको हुन सक्ने भन्दै आशंका गरेका छन् । तर, हुवाईले भने आफ्ना उत्पादन तथा कामहरुले कुनै पनि चुनौती पैदा नगर्ने बताएको छ । ट्रम्पले हस्ताक्षर गरेको निर्देशनमा भनिएका ‘अमेरिकालाई विदेशी वैरीबाट सुरक्षित गर्नुपर्छ किनकी उनीहरु सक्रिय तथा विस्तारित रुपमा सूचना तथा सञ्चार प्रविधिमा असुरक्षा पैदा गर्न लागि परेका छन् ।’ भनिएको छ । ट्रम्पको भनाईको प्रति उत्तरमा हुवावेले आफ्नो नेटवर्क चाइना सरकारको नियन्त्रणमा नरहेको जनाएको छ । साथै उसले अमेरिकाले आफ्नो सेवालाई उपेक्षा गरेर अगाडी बढ्न नसक्ने चेतावनी दिएको छ । व्यापारयुद्ध कै एक भागको रुपमा हुवाई प्रकरणलाई हेरिएको छ । हुवाई कम्पनीकी उपाध्यक्ष तथा वित्तीय प्रमुख मेङ वाङझोउ गत डिसेम्बर १ मा क्यानडामा पक्राउ परेकी थिइन् । क्यानडामा उनको परिवार र सम्पत्तिको सम्बन्ध रहेको छ । सन् २०१६ देखि अमेरिकाले निरन्तर रुपमा हुवाई माथि अनुसन्धान गरिरहेको छ ।
उसले अर्को संस्थाको नामबाट हुवाईको कारोबार गरिरहेको आरोप लगाइएको छ । यो घटनापछि चीनले तीनजना क्यानेडियन नागरिकलाई पक्राउ गरेको थियो । चीन–अमेरिका व्यापारयुद्ध विश्व बजारमा सबैभन्दा चासो र चर्चामा रहेको विषय हो । दुई मुलुकहरुको बीचमा देखिएको व्यापारिक तनावको कारण विश्व बजारको धेरैजसो क्षेत्रहरु प्रभावित बन्न पुगेका छन् । व्यापारमा एक अर्कालाई प्रतिस्पर्धी मान्दै आएका अमेरिका र चिनबिचको लडाइले ठूला कम्पनीहरु प्रभावित हुने देखिएको छ । वासीङ्गटन र बेइजीङ्गको व्यापारीक युद्ध बढ्दै जाँदा एप्पल, बोइङ्ग र ईन्टेल जस्ता अमेरिकी कम्पनीहरुलाई समेत नोक्सान हुने अनुमान गरिएको हो ।
यद्यपी आगामी महिना जापानमा सम्पन्न हुने जी २० को सम्मेलनमा चीन र अमेरिका दुवै देशका राष्ट्रपतिबिचमा हुने भेटवार्ताले दुई देशको दुरीकम गर्न सहयोग पु¥याउने चिनीया विदेशमन्त्री गेङस्वाङले विश्वास गरेका छन् । चिनीया कम्पनी हुवावेको बढ्दो व्यापारलाई कम गर्न अमेरिकाले अपनाएको कदमले दुई देशको विचको सम्बन्धमा असर त पर्ने नै छ । विश्व अर्थतन्त्रमा ठूला मानिएका दुई देशविचको टकरावले अन्य देशहरुलाई समेत असर पर्नेछ । चिनीया विदेशमन्त्रीले गरेको विश्वासले सार्थकता पाउन सक्यो भने चाही त्यसले विश्व बजारमा सकारात्मक असर छोड्न सक्छ ।