ल्याण्डिङ गियर बिग्रिएको विमान सुरक्षित अवतरण, ८९ यात्रु सकुशल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ल्याण्डिङ गियर बिग्रिएको विमान सुरक्षित अवतरण, ८९ यात्रु सकुशल

एजेन्सी, ३० बैशाख । म्यानमारका एक पाइलटले ल्याण्डिङ गियर बिग्रिएपछि ८९ यात्रु सवार रहेको एक जेट विमान अगाडिको पांग्रा बिना नै सफल रुपमा अवतरण गराएका छन् ।

म्यानमार नेशनल एयरलाइन्सको विमान रनवेमा अवतरण गर्नुपूर्व नै ल्याण्डिङ गियर बिग्रिएपछि पांग्राबिना नै अवतरण गराउनु परेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । म्यानमार नेस्नल एअरलाइन्सका अनुसार विमान अवतरण गर्नुअघि एअर ट्राफिक कन्ट्रोलरहरूले विमानको चक्का खुले–नखुलेको ठम्याउन सकुन् भनेर क्याप्टेन म्यान मो अङले विमानस्थलमाथि विमानलाई दुई फन्को घुमाएका थिए ।

उनले विमानको तौल घटाउनलाई धेरै इन्धन आकासमै फन्को लगाएर सकेका थिए । अवतरणका क्रममा विमान पूरै रोकिनुअघि धावनमार्गमा २५ सेकेन्ड घिस्रिएको थियो । सहासीक कार्य गरेको भन्दै क्याप्टेन म्यान मो आङको सर्वत्र चर्चा चुलिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);