विपक्षी आक्रामक, सत्तासक्ष रक्षात्मक : ‘बेलायती महारानीको नक्कल गरियो’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

विपक्षी आक्रामक, सत्तासक्ष रक्षात्मक : ‘बेलायती महारानीको नक्कल गरियो’

sher bahadur deuwa

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिँृदै देउवाले भने, ‘सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत होइन ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेकी थिइन् । देउवाले सरकारकै कारण राष्ट्रपति पटकपटक विवादमा तानिएको बताए । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);