११ विद्यार्थी संगठनले गरे सरकारविरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

११ विद्यार्थी संगठनले गरे सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको भन्दै नेविसंघसहितका प्रतिपक्ष दलमा आवद्ध ११ विद्यार्थी संगठनहरुले मंगलबार सरकारविरुद्ध काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सरकारले मुलुकमा सार्वजनिक जग्गा समेत हडप्ने काम गरेपछि त्यसको विरुद्धमा सडक संघर्ष सुरु गर्नु परेको नेविसंघका नेता ऋषिकेशजंग शाहले जानकारी दिनु भयो । उहाँले मुलुकमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसालगायतका घटना नियन्त्रण नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनु भयो ।

‘२ तिहाईको सरकारको चमत्कार, हत्या, हिंसा बलात्कार’लगायतका नाराबाजीसहित सडक संघर्षमा उत्रिएका प्रदर्शनकारीहरुले भ्रष्टचार तत्काल नियन्त्रण गर्न, माध्यामिक तहसम्मको शिक्षालाई निःशल्क बनाउन आवश्यक कदम चाल्न पनि सरकारलाई चर्को दवाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);