आइपिएल: मुम्बईद्वारा दिल्ली पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

आइपिएल: मुम्बईद्वारा दिल्ली पराजित

ipl dilli-mumbai

काठमाडौं, ६ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत विहीबार राति भएको खेलमा मुम्बई विजयी भएको छ ।

बिहीबार दिल्ली विरुद्धको खेलमा मुम्बईले अन्तिम तीन ओभरमा ५० रन जोड्न सक्यो जसले जितका लागि महत्वपूर्ण योगदान प¥यायो ।मुम्बईले दिल्लीलाई उसकै मैदानमा ४० रनले हरायो । दिल्लीले जितका लागि १६९ रनको लक्ष्य पाएको थियो तर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्रै १२८ रन बनाउन सक्यो । दिल्लीका लागि शिखर धवनले सर्वा्धिक ३५ तथा अक्षर पटेलले २६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);