नयाँ वर्ष २०७६ आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

नयाँ वर्ष २०७६ आजबाट सुरु

naya barsa

काठमाडौं, १ बैशाख । विक्रम संवत अनुसार आजवाट नयाँ वर्ष २०७६ सुरु भएको छ । वर्षको पहिलो दिन नयाँ जोस, जाँगर र उमंग सहित देशभर नयाँ वर्षको स्वागत गरिदै छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिदै छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दवहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा लगाएत विभिन्न पार्टीका नेताहरुले नेपालीहरुमा शुख, शान्ति र समृद्धिको कामणा गर्दै शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);